Tagged with " Story"
Apr 24, 2012 - मेरो प्रविधी    Comments Off

Pirate Party Met in Czech

The 3rd Pirate Party International meeting took place in the Czech capital last week. 25 Pirate Parties from across the globe brought the black flag to Prague. Their goal is to abolish anti-piracy legislation like ACTA (Anti-Counterfeiting Trade Agreement), which threatens the very foundations of what democracy is, by depriving people of privacy and freedom of online speech.

ppi.preview.jpg

According to Ivan Bartos, the head of the Czech Pirate Party, it’s the Orwellian underside of laws like ACTA that threatens the future of the web freedom. He points out that it is more a fight for control of the web, as once ACTA is enforced, the authorities will be able to control almost anything that is going on there. The Pirate Party has to keep this freedom, since nobody can buy the web.

Everything started as a protest against Sweden’s attempts to block access to the worlds’ largest tracker The Pirate Bay, but nobody could imagine that this can grow into a huge political movement which would spread across the world. However, during 2009’s European Parliament elections, Sweden’s Pirate Party won 7% of the votes and now has two MEPs. Recently, an Austrian Pirate Party candidate was also elected to Innsbruck’s local council. In addition, German Pirate Party is also now controlling fifteen out of 149 seats in the capital’s state parliament.

Rick Falkvinge, the founder of the Swedish Pirate Party, explained that they are actually fighting for civil liberties that their parents enjoyed, trying to carry them over to the next generation of their children in the digital world. In real world, if you send a letter, you can choose either to identify yourself as the sender on the envelope, on inside in the letter, or not at all. In other words, no one has the right to track your communications. As such, no one has the right to open someone else’s letters just to check for contraband instructions.

The Czech Pirate Party is not to be disregarded from this political “takedown”, because it has gained 0.8% of the votes in parliamentary elections two years ago. This isn’t a huge number, but the Pirates came 11th out of 26 parties.

Now, the future is full expectations for the Pirates who are going to start a Pirate Party movement in the European Parliament. Perhaps, we’ll see a single pan-European Pirate Party, organizing protests against laws such as ACTA and SOPA

By:
SaM

Comparing 1995 & 2012′s PCs

Part
1995 PC
2012 PC
Memory
8mb at $400 per 4 MB
4 gigabytes is common…, which is 4,000 megabytes
Hard Drive
400 to 1000 megabytes
500 Gigabytes is low end… which is 500,000 megabytes.  500 GB can be as low as $80.  Terabyte drives are common (1,000,000 megabytes) for less than the cost of a 1994, 400MB drive
Processor
33MHz
4,000 MHz+ with multiple cores and countless optimizations (clock speed is not a clear measurement for processing power)
Video
24-bit accelerated
PCI Express 2 (replacing PCI, and then AGP) with 1-2 Gigabytes of dedicated RAM, for about $250
Monitor
14” CRT
22” wide screen LCD/LED
Sound
Sound Blaster 16 (16-bit)
24-bit, PCI Express, 3d, quad core processors with onboard RAM
Modem
28.8
Obsolete, except for users in very rural areas
Optical Disk
2x CD-ROM
BluRay, DVD, some CD-ROM left…
To compare with today’s numbers…
1995
2010 data
% Americans who own a computer
32%
Cell phones  85% of adults own cell phones, and 90% of all adults—including 62% of those age 75 and older—live in a household with at least one working cell phone.
Desktop computers are most popular with adults ages 35-65. 70% own a laptop, compared with 57% who own a desktop.
Almost half of all adults own an iPod or other mp3 player —74% of adults ages 18-34 own an mp3 player, compared with only 56% of the next oldest generation (ages 35-46).
Game consoles are popular with all adults ages 18-46, 63% of whom own these devices.
Overall, 5% of adults own an e-book reader, and 4% own an iPad or other tablet computer. (2)
Number of American adults who are on-line
12 million
78.6% (1)

आभा

हाम्रो टोल छेउ एउटा बस स्टप थियो। जो पनि चढ्न मिल्ने बस रोकिदैन थ्यो त्यहाँ। हाम्लाई नी चढाउने भए, डाईभर र खलासी छोडेर मोटराँ भा सबैको जुत्ता पुस्दीम्ला, मोजा मिलाईदिम्ला सम्म पनि भनेको हो बाङ्गेले। तर त्यस्तो उदार स्वयमसेवकको सेवा पनि सराप्दै अस्वीकार गरेका थिए त्यो बसाँ चढ्नेहरुले। धेरै जसो गाढा नीलो फरक र हल्का नीलो सट लाएर चढथे, चढ्नेहरु त्यसमा। कैले कैले सेतै फरक, सेतै सट लाएर नी चढथे। हाम्लाई चै, बसको फल आँखा तरी मर भने जस्तो थ्यो।

“ए गुरुजी, खलासीको ठाउँ खाली छैन यो बसाँ? हुँदा यसो खबर पाम न” बाङ्गेले डाईभरलाई एक बिहान सोधेको थ्यो। गुरुजीले, “किन खलासी मात्रै? डाईभरै भए भैगो नी” भन्याथ्यो झर्केर।

“हुन त हुन्थ्यो गुरुजी तर दुईटा कुरो पर्यो के — एक त बस चलाउन आउँदैन, अर्को सडकै मात्र हेर्ने भए त यत्तिकै ठिक छ नी — बस सस नचलाई फुर्सदले हेर्न पाईरहीया छ –किन दु:ख गर्नु — खलासी हुँदा चढाउन ओराल्न नी पाइने — बस भित्र फुर्सदै फुर्सद — कसैले भाडा नतिर्लान भन्ने झन्झट पनि छैन–मनले जता रहरहरु उतै हेर्न पाईने — त्यै भएर खलासी हुन खोज्या। मलाई फेरी तलब सलब चाईने नी होईन, एक्स्ट्रा खलासी राख्न मिल्दैन, गुरुजी?” सोध्ने बित्तिकै डनहिलको लामो सर्को तान्यो बाङ्गेले। गुरुजीले केही भनेनन, घुरी रहे। बाङ्गेले डनहील दियो, गुरुजीले लिएनन बरु बेस्सरी एक्सीलेटर थिचेर मुस्लो धुवाँ छोडे, कानै खाने गरी हरन थिचे।

मन त उनलाई बाङ्गेको कानै खाने गरी मुख छाडन मन लाग्या थ्यो होला, तर बसाँ भाकाले उजुरी गर्लान र जागिर धरापमा पर्ला भनेर होला हरन र एक्सीलेटरले नै काम चलाए।

बस ईन्जीन जसरी गुरुजी तातेको देखेर बाङ्गे पनि छेउ लाग्यो।

एकातिर बसको “साईलेन्सर”ले धुवाँ छोड्दैथ्यो अर्को तिर बाङ्ग्याले। उ पनि त चुरोटको ध्वाँ छोडदैथ्यो नी। बसको त्यो साईलेन्सर त नाम मात्रैको थ्यो, झर्कै लाग्ने गरी कराउँथ्यो कराउनलाई।

“यस्तो कराउने पूर्जाको नाम के खान साईलेन्सर राख्या होलान?” म अलि पर सर्दै भनें। 

“नाम त ठिकै छ नी, साईलेन्सर भन्या चुप लाउने होईन र? चुप लाग्ने भा पो पूर्जाको नाम मिलेन भन्नु — यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ? मान्छेलाई कुरा सुरु गर्न कि यो कि आफु अलि परै पुग्नु पर्छ, कि चुप लाग्नु पर्छ–नत्र आफुलाइ कुरा दोहोराउँदै ठिक्क, छेउको ले “के रे?” भन्दै दिक्क कसो?” बांङ्गेले चुरोटको सर्को फेरी तान्नु अघि हाँसेर सोध्यो।

“तेरो नी साईलेन्सर त चल्या चल्यै छ– उसै त ठीटीहरु ट्याक्सीमा हुने ऐनामा देखिने कुरा जस्ता छन, हेर्दै गयो पर पर हुँदै जान्छन–यसरी साईलेन्सर चलाएसी झन झन साईलेन्स बढ्दै जाला नी ” उस्ले चुरोट तान्दै ध्वाँ छोडदै गर्या तिर ईंगीत गर्दै मैले भनें।

बसमा छड्के नजरेले हेर त — तँलाई हेर्ने र मलाई हेर्ने कुन धेरै छन? बांग्गेले भन्यो। उस्ले भन्या जस्तै गरेर हेर्या उ तिरै धेरै हेदै हाँस्दै थिए–

बाङ्गेले थप्यो, हेर बाबु–ज्ञानी केटो भन्या बाउ आमालाई चाईने हो क्या तरुनीहरुलाई होईन त — चिल्लो तेलमा देब्रे सिँउदो कोरेर, टिलिक्क टल्क्या जुत्ता, तनक्क पर्या सर्ट, धारे पाईन्ट जखेर, पछाडी झोलामा किताब बोकेर हिन्ने केटा यी केटीहरुका बाउ-आमालाई त मन पर्ला तर यी मध्धे धेरैलाई त्यस्तो केटा चाहिएकै छैन—” बाङ्गेले जानकारी गरायो।

बस अब हिन्ने सुरसारमा थ्यो–

मैले भनें “त्यै त तै जस्तो बिग्र्या केटा पर्खेर बसीराछन ठीटीहरु–”

उस्ले भन्यो “हो नी –नभए तैले त निकै फेला पारीसक्या हुनुपर्ने अहिलेसम्म। कत्ति न भलादमी भन्ठान्छस आफुलाई। यो बेला भनेकै बिग्रीने बेला हो क्या–सुधृने बेला त पछी आउँछ–त्यै बेलाँ सुधृम्ला नी–जहिले जे को बेला हो त्यै गर्नु पर्छ–”

“सुधृने बेला चै कुन हो नी?” सोधें– अब यसै बाङ्गेले ज्ञान बाँडीराथ्यो उसै, भेट्या बेला टीपटाप पारीराखे काम लागे लागीहाल्छ नलागे हुर्र्यईदे भैगो।

“कैले कैले अब–अहिले मलाई के थाह्–मेरो बाउ त अहिले सम्म सुध्र्या छैनन–मेरै पालो त कैले हो कैले नी–”

“के भो र तेरो बाउलाई?”

“कस्तो के भो? मलाई चुरोट नखा भन्छन, एक बट्टा दिनको उनैले तान्छन, रक्सी खाएर आईस भने घराँ छिर्न दिन्न भन्छन, बाथरुम सम्म जान उनैलाई भित्ता छाम्नु पर्छ पर्या बेला –नातेदार चिन्न टाईम लाग्छ उनलाई पप्लुका तास फ्याट फ्याटी चिन्छन, सुन्दरीहरु प्रति उनको अनुराग जग जाहेरै छ–अब तेरा पट्टीका भलादमीहरुको पनि स्वस्ती सुन्छस की?”

“ल ल भो–” मैले भनें। आफुलाई थाह नभाको नी थप्ने हो की बाङ्गेले भन्ने पीर।

“ठीटीहरुको बसले टंगाल काटीसक्यो होला–बस गाको अहिले हो? तँ चै यहीँ बसेर फलाकीराख।” मैले अलि झर्केर झैं भने।

यो त गए नी फर्केर आउने बस हो। यो बस र हाम्रो मन उस्तै हो नी, हैन भन्त? ठीटीहरु हुँदा भरीभराउ १ गतेको सत्तेनारन मन्दिर जस्तो, नहुँदा रित्तो त्यै सत्तेनारनको मन्दिर तर २ गतेको। तर सक्रान्ती मैनामा एक चोटी आउँछ, धन्न ठीटीहरु चैं दिनदिनै। उस्ले भन्यो।

“बसै भरीका ठीटी त तँलाई चाहिया होईनन होला नी?”

“बसै भरीका त होईन”,– फेरी एकै छिन सोचेर भन्यो बाङ्गेले “भए त राम्रै पनि हुँदो हो तर जती जन्ती लिएर गए पनि–जन्ती लिएर गा घरमा जती सुन्दरीहरु भए पनि दुलहा सँग जग्गेमा बस्ने त एउटै दुलही हुने हो। बिर्सीन त भएन नी।” उस्ले हाँस्दै भन्यो।

ठीटीहरु हिने पछी अन्माको जग्गे जस्तो बस स्ट्प छोडेर भिमसेनथान तिर लागीसक्या थेम हामी। ईस्कुल त फेरी हाम्रो नी जानु थ्यो।

“तर तँ जे भन बाङ्गे है यो चुरोट चिलीम तानेर चैं ठीटीहरु झुम्मेलान जस्तो मलाई लाग्दैन” लाग्या कुरो भनें।

“झुम्मीन्छन नै त कस्ले भन्या छ र–उनीहरुको ध्यान तान्ने एउटा कारण हुन्छ भन्या नी–ध्यान त तान्नु पर्यो नी फसमा जसरी हुन्छ। फेरी चुरोट त तीनीहरुको बाउले तान्छन, दाईहरुले नी तान्छन। देखेकै छन। अलि आँटी रछन भने उनैले नी तान्लान। तर जे भए नी उनीहरुलाई मन परे पनि नपरे पनि चुरोटको रेपुटेसन तैंले सोचे जस्तो खत्तम पनि छैन। बुझिनस? उस्लाई मन नपरे यो चुरोट खाने मान्छे मलाई मन पर्दैन भन्छे, लौ त तिम्रो लागि भनेर छोडदिन्छु। उ पनि उस्को असर देखेर दंग, म पनि मेरो देखेर। के बिगृर्यो र?” अरु श्लोक थप्यो उसले.

“एउटीले भनी रे भन्दैमा छोडदिन्छस चुरोट?” मलाई पत्याउन अलि सकसै परेको ले सोधें।

“उ सँग हुन्जेल त छोडदीन्छु नी–सँधै त अब उ नै सँगै हुन्छे की हुन्न” बाँग्गे निस्फिक्री हाँस्यो। 

घरै छेउ आईपुगीया थ्यो। जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।

लामपोखरी पूर्ब लागीएको मात्रै के थियो, मैलो मैलो देखिने राता लुगामा पहेलो ओढ्ने ओढ्या, निधारमा तेर्सा खरानी धर्का बिच ढाडो लाम्चे आंखा बना, लट्टा पर्या कपाललाई आधि उधो जुरो पार्या, एउटा हातमा तिर्सुल, डमरु तेसैमा उन्या अनि अर्कोमा कमण्डलु बोक्या, खुट्टाकै रंग सँग मेला खाने कालो कालो चप्पल लाको ब्यक्तित्वले बाङ्गे तिर तिरसुल तेर्साउँदै भन्यो “तिम्रो भाग्गे हेर्दीन्छु म–” भाग्गे हेर्छु भन्नेले अरु पनि के के हो भन्न खोज्दैथ्यो बाङ्गेले उछिन्यो “पैला आफ्नै हेर्नु नी–के दशा लागेर हो यस्तो ताल छ–दश तिर नमागी खाने बन्दोबस्त छैन–सुत्ने कुन पाटी तिर हो–पैला आफ्नै दशाका ग्रह शान्ती गर्नु–भाग्गे बनाउनु अनि अरुको तिर लाग्नु क्या गुरु–कसो?”

तेर्साको तिर्सुल ढाडो टेकाएर चित पर्या गुरुलाई बाङ्गेले अझ नजिक गएर भन्यो, “घरै नजिक नभा भे बिदेसी चुरोट तान्नु हुन्थ्यो गुरु र म मिलेर –तर अब गुरुका दशा खत्तम रेछन– के गर्नु र घरै अघि भेट भो–”

हामी मुस्कुराउँदै अघि बढीम–गुरु घुर्दै थिए हाम्लाई।

बाङ्गेको घरै छेउ पुगे पछी उस्ले र मैले एक अर्कालाई हेरा हेर गरीम। बाङ्ग्या कौसीमा त सुन्दरी एउटी जगमगाई रा छे बा!

“पूर्णिमा रे छ आज, आफ्नै कौसीमा चन्द्रमाको लगन रे छ–लाईट लिएर आफु चै बस स्ट्प पुगीयो। थुक्क!” बांग्गेले थुकुम्ला झैं गरेर भन्यो. 

मैले बाङ्गेलाई सोधे, “को यार यो?”

उस्ले भन्यो ” जो भए नी तेरो चै मेरै मार्फतको नाता हो–यति सम्झिराख बाँकी मैले बुझे पछी बुझाम्ला”

उ त घर भित्र लाग्यो म अलपत्र परें। म पनि लागुम भित्रै भने गाँस टिपेर ईस्कुल बत्तिने ट्याम भैसक्या अघि नै हो–घर तिर लखर्किम, दर्शन पाउँदा पाउँदै मन्दीर छोडने कुरा नी भएन।

म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो–उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें।

****************************************

नोट:

कसको हो थाहा भएन ? जसको भए पनि लेखकलाई धन्यवाद् । 

प्रमाणसहित दावी गरेको खण्डमा लेखकको परिचय खुलाईनेछ ।

Pages:12»